भौतिक दूरि कायम गरी वितरणका लागि राखिएको खाद्यान्न ।

हेटौंडाः मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ स्थित ज्योति माविका सञ्चालक समितिका पदाधिकारी तथा शिक्षहरुले ३५ हजार रुपैयाँ संकलन गरेर विद्यालयको कार्यक्षेत्रभित्रका २५ विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ । जारी लकडाउनका कारण समस्यामा परेका परिवार लक्षित गरी आज विद्यालय परिसरमै खाद्यान्न वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेलले जानकारी दिनुभयो ।

१८ नम्बर वडा अध्यक्ष अनिल कुमार बानियाँको उपस्थितिमा खाद्यान्न सामग्री वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क रम्तेल, प्रधानाध्यापक जयराम थापा, सहायक प्रधानाध्यापक भुपेन्द्र चौलागाई, कक्षा ९–१२ का संयोजक राजेन्द्र बराल, अंग्रेजी माध्यमका संयोजकद्वय उमेश पराजुली र आशिष चौलागाईले कुल ३५ हजार रुपैयाँ रकम जुटाएर सहयोग गरेको हो ।