हेटौंडाः स्थानीय तहहरुले कक्षा १ देखि ९ सम्मको परिक्षाफल प्रकाशन गरिरहेका छन् । भिमफेदी गाउँपालिकाले पनि नतिजा प्रकाशन गर्न अन्तिम तयारीमा लागेको बताएको छ । कक्षा ८ र अन्य १—९ को रिजल्ट प्रकाशनको लागि पालिकामा आज बैठक भैरहेको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कपिलमणि पौडेलले बताउनुभयो । गाउँपालिकामा ४९ वटा सामुदायिक र २ संस्थागत गरी जम्मा ५१ वटा विद्यालय रहेका छन् ।