हेटौंडाः लायन्स क्लब अफ हेटौंडा भुटनदेवीको अध्यक्षमा श्रृजना मरासिनी चयन हुनुभएको छ । बुधबार भएको साधारणसभाले अमिता श्रेष्ठलाई सचिवको जिम्मेवारी दिएको छ भने करुणा श्रेष्ठलाई कोषाध्यक्षको जिम्मेवारी दिइएको छ ।
सामाजिक सेवाको भावबाट स्थापित लायन्स क्लबमा नेतृत्वले एक वर्ष काम गर्ने अवसर पाउँछ । हरेक बर्ष नेतृत्व परिवर्तन हुने व्यवस्था छ । लायन्स क्लबले सामाजिक सेवाको क्षेत्रमा विविध क्रियाकलाप गर्ने गरेको छ ।