Home मुख्य समाचार थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि, संक्रमितको संख्या १०१ पुग्यो

हेटौंडाः नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पाइएको संघीय सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । केहीबेरअघि सामाजिक सञ्जाल फेसबुकमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले एक सूचनामार्फत दुईजनामा थप संक्रमण देखिएको जनाएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा आज गरिएको पीसीआर परीक्षणमा कपिलवस्तु–८ का १६ र २२ वर्षीय दुई पुरुष रहेको मन्त्रालयले जनाएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य भएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । नेपालमा संक्रमित मध्ये २२ जना स्वस्थ भइसकेका छन् । नेपालमा कोरोना संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन ।

Exit mobile version