Home मुख्य समाचार रोटरी क्लब अफ हेटौंडाद्वारा सुरक्षा सामग्री सहयोग

रोटरी क्लब अफ हेटौंडाद्वारा सुरक्षा सामग्री सहयोग

प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा सामग्री हस्तान्तरण गर्नुहुँदै रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपाल ।

हेटौंडाः रोटरी क्लब अफ हेटौंडाले आज बिहिबार स्थानीय प्रशासन, प्रहरी, स्वास्थ्यकर्मीलाई सुरक्षा सामग्री सहयोग गरेको छ । रोटरी क्लबले जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत १० थान पीपीइ सेट र १५०० थान तीन लेयर भएको, धुन मिल्ने सेनेटाईज माक्स सहयोग गरेको छ ।

सहयोग गरिएको सुरक्षा सामग्री मध्ये औद्योगिक सुरक्षा बललाई १०० थान मास्क र २ थान पीपीइ, नेपाल प्रहरीलाई ३०० थान मास्क र २ थान पीपीइ, सशस्त्र प्रहरी लाई ३०० थान मास्क र २ थान पीपीइ, हेटौंडा उपमहानगरपालिका स्वास्थ्यकर्मीलाई २०० थान मास्क, विपद व्यवस्थापन समितिलाई ४०० थान मास्क र ४ थान पीपीइ, जिल्ला समन्वय समिति मकवानपुरलाई १०० थान मास्क र जिल्ला प्रशासन कार्यालयलाई १०० थान मास्क वितरण गरिएको रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो ।

Exit mobile version