हेटौंडाः औषधी व्यवसायी संघ मकवानपुरको नवनिर्वाचित समितिले सदस्य र सल्लाहकार मनोनित गरेको छ । फागुन २० गते सम्पन्न छैठौं अधिवेशनबाट नारायणलाल श्रेष्ठको अध्यक्षतामा निर्वाचित समितिले कार्यसमिति सदस्यमा सरस्वती सोरालीलाई मनोनित गरेको छ । शनिबार बसेको बैठकले सातजनालाई सल्लाहकार मनोनित गरेको संघका महासचिव भरत कार्कीले जानकारी दिनुभएको छ ।
संघले अध्यक्षका प्रत्यासी विष्णु थापा, जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलिया, संघका केन्द्रीय सदस्य बुद्धराम श्रेष्ठ, पूर्वअध्यक्ष रामआदर पाण्डे, पूर्वउपाध्यक्ष हरिराम श्रेष्ठ, संघको पूर्वअञ्चल सदस्य कपिला जोशी र संघका पूर्वसचिव देवनारायण साहलाई सल्लाहकार मनोनित गरेको महासचिव कार्कीले जानकारी दिनुभयो ।