Home अर्थ/व्यापार युवा परिषद्को आयोजनामा स्वरोजगारमूलक तालिम सुरु

युवा परिषद्को आयोजनामा स्वरोजगारमूलक तालिम सुरु

तालिम उद्घाटन समारोहमा सहभागी प्रमुख अतिथि तथा अतिथिहरु ।

हेटौंडाः बागमती प्रदेश युवा परिषद्को आर्थिक सहयोग, जिल्ला युवा परिषद् मकवानपुरको आयोजनामा मकवानपुरमा स्वरोजगारमूलक ४ प्रकारका तालिम सुरु भएको छ । आइतबार बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले तालिमको उद्घाटन गर्नुभयो । जिल्ला युवा परिषद् मकवानपुरका अध्यक्ष सुमन पाख्रिनको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईको विशेष आतिथ्य रहेको थियो ।

३९० घण्टे निशूल्क तालिममा ९० जना युवा सहभागी छन् । स्वरोजगारमूलक तालिम अन्तर्गत वारिस्टा (कफी बनाउने) मा २५ जना, इण्डष्ट्रियल ईलेक्ट्रिसियनमा २५ जना, बारबर (कपाल काट्ने) मा २० जना र मण्टेश्वरीमा २० जना गरी तालिममा ९० जना सहभागी छन् । परिषद्ले तालिम प्रदायक संस्थासँगको सहकार्यमा तालिमको आयोजना गरेको हो । हाम्रो प्रशिक्षण सेवा तालिम केन्द्र, कान्तिपुर बहुप्राविधिक शिक्षालय र सूर्यमणि प्राविधिक शिक्षालयले तालिम कार्यक्रम सञ्चालन गर्नेछ ।

बढ्दो बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न युवाहरुलाई सीप सिकाई उद्यमसँग जोड्ने प्रयास गरिएको प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले जानकारी दिनुभएको छ । श्रम बजारमा सक्षम र दक्ष जनशक्ति उत्पादन गरी स्वरोजगार बनाउन सके रोजगारीका लागि युवा पुस्ता विदेशिनुपर्ने बाध्यतामा कमि हुने अपेक्षा गरिएको कार्यकारी उपाध्यक्ष चौलागाई बताउनुहुन्छ ।

Exit mobile version