हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले यहि चैत ८ गते बुधबार विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री जमकट्टेलले विश्वासको मत लिने प्रक्रियाको व्यवस्थापन गर्नका लागि प्रदेश सभा सचिवालयले बुधबार दिउँसो ३ बजेका लागि बैठक बोलाएको सरकारका प्रवक्त एवम आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।
केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारमा सहभागी भएका आफ्ना ३ जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । गत पुस २६ गते बागमती प्रदेशमा मन्त्रिपरिषद् गठन हुँदा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो ।