दुर्घटनाग्रस्त बस र उद्दारमा खटिएका स्थानीय ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्तीमा यात्रुवाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ७ ख १३२६ नम्वरको बस दिउँसो ३ बजेर ४० मिनेटको समयमा आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल बारीमा पल्टी दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेमध्ये १३ जनालाई उपचारका लागि भरतपुरतर्फ र एकजनालाई हेटौंडा अस्पताल पठाइएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरिक्षक कृष्णराज ढकालले जानकारी दिनुभयो । घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बसमा करिब २० जना यात्रु रहेको प्रहरीले जनाएको छ ।