हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले जन्मदिनको अवसरमा हेटौंडा–११ स्थित मामाघर नेपाललाई सहयोग गर्नुभएको छ । अध्यक्ष कालाखेतीले बुधबार मामाघर नेपालमै पुगेर १० हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
सडक बालबालिकाको उद्दार, संरक्षण र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको मामाघर नेपालमा १९ जना बालक आश्रित छन् । मामाघर नेपालमा आश्रित बालबालिकाका लागि हरेक दिन सहयोग प्राप्त हुने गरेको छ । कष्टकर र जोखिमपूर्ण जिवन बिताउँदै आएका सडक बालकको उद्दार गरी मामाघर नेपालले उनीहरुको सुरक्षित आवास, खाना र शिक्षाको सुनिश्चितता गर्नुका साथै व्यक्तित्व विकासको क्रियाकलापमा पनि सहयोग गरिरहेको छ ।