कविता प्रस्तुत गर्नुहुँदै वैकुण्ठ लामिछाने ।

हेटौंडाः साहित्य संगम मकवानपुरको नियमित साहित्य सन्ध्याअन्तर्गत शनिबार कवि बैकुण्ठ लामिछानेको एकल कविता वाचन कार्यक्रम भएको छ । सिस्नुपानी–साहित्य संगम सभाकक्षमा भएको कार्यक्रममा लामिछानेले ६ वटा कविता वाचन गर्नुभयो । लामिछानेले अंकगणितको हत्यासहित ६ वटा कविता वाचन गर्नुभएको हो ।

लामिछानेले अंकगणितको हत्या, लासको सेल्फी, चियाको सुन्दरता र चौताराको क्लाइमेक्स, राइसकिलर अर्थात् गणतन्त्रको झड्केलो शीर्षकका कविता वाचन गर्नुभयो । उहाँले भुइँ मान्छे र तन्त्रवादका स्वाघोषित देवता, काँचा मासुका बुख्याँचाहरु शीर्षकमा कविता वाचन गर्नुभयो । लामिछानेले सामाजिक विद्रोह र लामा कविता लेख्ने कविको रुपमा आफूलाई परिचित गराउनुभयो । ३२८ औं साहित्य सन्ध्याको अवसरमा भएको एकल कविता वाचनमा संगमका उपाध्यक्ष सानु खनालको सभाध्यक्षता रहेको थियो । कवि तुल्सी घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उपस्थिति साहित्यकारहरुले पनि डेढ दर्जनभन्दा बढी रचना वाचन गर्नुभयो ।