हेटौंडाः मकवानपुरका स्थानीय तहका सामुदायिक विद्यालयमा भाषा सुधार सम्बन्धी अभिमुखिकरण तथा छलफल कार्यक्रम भएको छ । जिल्ला समन्वय समिती मकवानपुरको आयोजनामा विहिबार विद्यालयका शिसु कक्षाका शिक्षकहरुलाई भाषा सुधार सम्बन्धी अभिमुखिकराण तलिम प्रदान गरेको हो ।
ताल्लो तह देखि नै भाषाको बरेमा ज्ञान हुनुपर्ने भन्दै जिससले वाल विद्यार्थिलाई मध्य नजर गर्दै भाषा सुधारको कार्यक्रमको आयोजना गरेको हो । वालबालिकाको औपचारीक शिक्षाको सुरुवात पढाईबाट हुने भएकाले राम्रो सिकाईमा जोड दिने उद्देश्य जिससले राखेको छ । कार्यक्रममा मादब न्यौपानेले नेपाली भाषाको र नवोदय समुहले अंग्रेजि भाषाको सहजिकरण गर्नुभएको छ ।
जिसस प्रमुख लालित बहादुर घलानको प्रमुख आतिथ्यता तथा जिसस उपप्रमुख सानुकाजी लुईटेलको सभपतित्वमा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला शिक्षा माहासाखा प्रमुर दिनानाथ गौतम, जिल्ला अभिभावक संघ अध्यक्ष ध्रुव चौलागाई, नेपाली भाष बिज्ञ निमेश निखील, अंग्रजी भाषा प्रमुख उत्तम अ¥यालको उपस्थिती रहेको थियो ।