हेटौंडाः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विपन्न लक्षित छात्रवृत्तिका लागि आवेदन माग गरेको छ । केन्द्रको समावेशी शिक्षा शाखाले विपन्नलक्षित छात्रवृत्तिका लागि आवेदन फाराम भर्न आह्वान गरेको हो ।

सामुदायिक विद्यालयका माध्यमिक तह (कक्षा ९-१२) अध्ययनरत् विद्यार्थीलाई आर्थिक वर्ष २०८०/८१ मा विपन्नलक्षित छात्रवृत्ति उपलब्ध गराउने प्रयोजनअुनसार छात्रवृत्ति आवेदन फराम भर्न आह्वान गरेको छ । गत सोमबार सूचना जारी गर्दै समावेशी शिक्षा शाखाले सामुदायिक विद्यालयका कक्षा ८ र १० अध्ययनरत् विद्यार्थीलाई उक्त आवेदन फाराम भर्न आह्वान गरेको हो ।