हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा आज पनि तरकारीको मूल्यमा सामान्य हेरफेर भएको छ । बजारमा पर्याप्त तरकारी आएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो ।
आज करेला प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको छ । हिजो करेला ६० रुपैया प्रतिकेजी कारोबार भएको थियो । हिजो ८ रुपैयाँ प्रतिकेजी कारोबार भएको भ्यान्टा आज १० रुपैयाँ प्रतिकेजी कारोबार भएको छ । हिजो भिन्डी ८० रुपैयाँ प्रतिकेजी कारोबार भएकोमा आज ७० रुपैयाँ प्रतिकेजी कारोबार भएको छ । लौका, घिउ सिमी बजारमा थोरै मात्र आएको व्यवसायीको भनाइ छ ।