वितरणका लागि राखिएको राहत सामग्री । फाइल तस्वीर ।

हेटौंडाः जारी लकडाउनमा मनहरीको विकट स्थानमा हालसम्म तीन हजार तीन सय परिवारलाई दैनिक उपभोग्य वस्तु चामल, नुन, तेल, दाल राहत वितरण गरिएको छ । अहिले पनि आवश्यक स्थानमा राहत बाँडिरहेको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । मनहरीमा चेपाङ, बोटे समुदायमा पनि राहत वितरण गरिएको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाकाले जारी लकडाउनमा दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्नुपर्ने परिवारलाई काम दिएरर्ने तथा खान नपाउनेहरुलाई काम दिने योजना बनाएको छ । काम पनि दिने राहत पनि बाँडिने गाउपालिकाका प्रमुख उप्रेतीले बताउनुभयो । सबै वडाहरुमा बजेट विनीयोजन गरेर सार्वजनिक बाटो खन्ने, नाला सफा गर्ने, सरसफाई तथा बिरुवा रोप्ने लगायतका कामहरु दिने योजना रहेको बताउनुभयो । उहाँले दैनिक छाक टार्न समस्या भएका र नभएकाहरुलाई गाउँपालिकाले हेर्ने बताउनुभयो । लकडाउन सकिएपछि गरिब तथा विपन्नहरुलाई काम पनि दिन यस्तो योजना बनाइएको उहाँले बताउनुभयो ।