Home अर्थ/व्यापार हेटौंडाको थोक तरकारी बजारमा आजको तरकारीको थोक मूल्य

हेटौंडाको थोक तरकारी बजारमा आजको तरकारीको थोक मूल्य

हेटौंडाः मकवानपुर जिल्लाको सदरमुकाम हेटौंडास्थित थोक तरकारी बजारमा आज पनि तरकारीको मूल्यमा सामान्य हेरफेर भएको छ । बजारमा पर्याप्त तरकारी आएको व्यवसायी बद्रि घिमिरेले जानकारी दिनुभयो ।

आज करेला प्रतिकेजी ५० रुपैयाँमा कारोबार भएको छ । हिजो करेला ६० रुपैया प्रतिकेजी कारोबार भएको थियो । हिजो ८ रुपैयाँ प्रतिकेजी कारोबार भएको भ्यान्टा आज १० रुपैयाँ प्रतिकेजी कारोबार भएको छ । हिजो भिन्डी ८० रुपैयाँ प्रतिकेजी कारोबार भएकोमा आज ७० रुपैयाँ प्रतिकेजी कारोबार भएको छ । लौका, घिउ सिमी बजारमा थोरै मात्र आएको व्यवसायीको भनाइ छ ।

Exit mobile version