सांकेतिक तस्वीर ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिका–३, हात्तीसुडेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा १७ वर्षीय किशोर हिमाल जिम्बा गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ ६ बजेको समयमा हेटौंडा–सिन्धुली सडकखण्डको बकैया–३, हात्तीसुडेमा हात्तीसुडेबाट फापरबारीतर्फ जाँदै गरेको ना ४१ प ३००८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आएको बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा परी ना ४१ प ३००८ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १७ वर्षीय हिमाल जिम्बा गम्भीर घाइते भएको प्रहरी चौकी हात्तीसुडेका प्रहरी सहायक निरीक्षक कृष्णराज गौतमले जानकारी दिनुभएको छ ।

बा ८६ प ८७०४ नम्बरको मोटरसाइकल चालक बकैया–३, हात्तीसुडेका १८ वर्षीय बसन्त डङ्गोल, मोटरसाइकलमा सवार बकैया–३, बाघमाराका २२ वर्षीय तीर्थ लामिछाने र २३ वर्षीय सुजन गुरुङ घाइते भएका छन् । डंगोल र लामिछानेको अवस्था मध्यम रहेको र गुरुङको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई उपचारका लागि हेटौंडा पठाइएको प्रहरी सहायक निरीक्षक गौतमले जानकारी दिनुभयो ।