हेटौंडाः हेटौंडा क्याम्पसको पूर्व विधार्थी समाजको अध्यक्षमा अशोक सारु मगर चयन हुनुभएको छ । बिहीबार भएको समाजको दोश्रो अधिवेशनबाट अशोक सारु मगर सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै समाजको उपाध्यक्षमा रमा चौलागाई, महासचिवमा डि.बि.बर्ताेला, कोषाध्यक्षमा सन्तोषी बर्ताेला नियुक्त हुनुभएको छ । त्यस्तै, सदस्यहरुमा सुलभ अधिकारी, रिपेश दाहाल र प्रकाश अधिकारी गरी ७ जनाको कार्यसमिति चयन भएको हो । समाजले २०७६ सालदेखि नै क्याम्पसको शैक्षिक गुणस्तरको लागि विभिन्न रचनात्मक र श्रृजनात्मक कार्यक्रम गर्दै सक्रिय रहेको छ ।
दोश्रो अधिवेशन कार्यक्रम समाजका अध्यक्ष बालकृष्ण चौलागाईको सभाध्यक्षतामा तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा हेटौंडा क्याम्पसका संचालक समितिका अध्यक्ष आनन्दराम पराजुली, क्याम्पस प्रमुख डा. देवचन्द्र मानन्धर, सहायक क्याम्पस प्रमुख देवीराम लामा, रामबहादुर भण्डारी, संजय बस्नेत लगायतको आतिथ्यता रहेको थियो ।