फाईल तस्विर ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, पलाँसेमा बिहीबार भएको रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् । स्थानीय सनराइज इंग्लिस पव्लिक स्कूलको आयोजनामा रक्तदान कार्यक्रम भएको हो ।

जिल्लाकै दुर्गम क्षेत्रमा भएको कार्यक्रममा राम्रो संख्यामा रक्तदाताको सहभागिता रहेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्रमुख टंकप्रसाद दाहालले जानकारी दिनुभयो । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका‌ पदाधिकारी तथा विद्यालयका शिक्षक, कर्मचारीको सहभागिता रहेको थियो ।