गाउँपालिकाले जारी गरेको सूचना ।

हेटौंडाः तामाङ समुदायले मनाउने सोनाम ल्होछारको अवसरमा मकवानपुरको बकैया गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै गाउँपालिकाले माघ ७, ८ र ९ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जानकारी गराएको छ ।

सोनाम ल्होछार माघ ८ गते आइतबार मनाइँदैछ । गाउँपालिकाले बिहीबार विदा दिने निर्णय गरेको जनाइएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत मिलन दुलालले शुक्रबार विदासम्बन्धी सूचना सार्वजनिक गर्नुभएको हो । मकवानपुर जिल्ला तामाङ समुदाय बाहुल्य जिल्ला हो ।