हेटौंडाः चितवनको नारायणगढ–मुग्लिङ सडक खण्ड मर्मतको लागि थप एक महिना बन्द रहने भएको छ । पुस ५ गतेदेखि माघ ५ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द गरिएको सडक खण्ड मर्मत नसकिएकोले समय थप गरिएको हो ।
सडक मर्मतको लागि माघ ६ गतेदेखि फागुन ६ गतेसम्म समय थप गरी मर्मत गरिएको छ । नारायणगढ–मुग्लिङ सडक खण्ड दिउँसो १२ बजेदेखि दिउँसो ४ बजेसम्म बन्द गरी बाटो मर्मत गरिने जनाईएको छ । ईलाका प्रहरी कार्यालय मुग्लिङबाट १७ किलोमिटर दक्षिणबाट सवारी रोक्न सुरु गरिएको प्रहरीले जनाएको छ ।