Home खेलकुद पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण

पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण

सहयोग रकमको डमी चेक हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुर जिल्ला फुटबल संघले पिप्ले युवा क्लबलाई ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । गत जेठ महिनामा पिप्ले–क्याम्पा रंगशालामा चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता गरेको बापत ५ लाख रुपैयाँ हस्तान्तरण गरेको संघका महासचिव छवि सुवेदीले जानकारी दिनुभयो ।

मंगलबार मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामा, हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँ, प्रतियोगिताको संयोजक प्रताप विष्टले संयुक्त रुपमा क्लबका अध्यक्ष सुशील घिमिरेलाई रकम हस्तान्तरण गरेको हो ।

गत संस्करणको चौथो स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताबाट कुल १ करोड ३१ लाख ५६ हजार रुपैयाँ आम्दानी गरेको थियो भने एक करोड ९ लाख ६७ हजार रुपैयाँ खर्च भएको थियो । प्रतियोगिताबाट २१ लाख ३६ हजार रुपैयाँ बचत भएको थियो । पाँचौं संस्करणको स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिता फाल्गुनको पहिलो हप्तादेखि गर्ने तयारी भइरहेको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिनुभएको छ ।

Exit mobile version