Home मुख्य समाचार पृथ्वी जयन्तीको अवसरमा हेटौंडामा रक्तदान

पृथ्वी जयन्तीको अवसरमा हेटौंडामा रक्तदान

रक्तदान गर्दै ।

हेटौंडाः राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको ३ सय १ औं जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा हेटौंडाको बुद्धचोकमा रक्तदान कार्यक्रम भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी मकवानपुरको आयोजनामा भएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेकोे राप्रपा मकवानपुरका प्रवक्ता आयुस कुमार डोटेलले जानकारी दिनुभयो ।

रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । राप्रपा मकवानपुरका अध्यक्ष शिवराम थापाको सभाध्यक्षता तथा पार्टी केन्द्रीय सदस्य राम बहादुर थोकरको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम भएको हो । पृथ्वी जयन्तीको अवसरमा आज राप्रपा मकवानपुरको आयोजनामा साँझ द्विप प्रज्वलन गर्ने जनाएको छ ।

Exit mobile version