हेटौंडाः हेटौंडा बजार क्षेत्रका १ सय ८६ वटा कुकुरमा बन्ध्याकरण गरिएको छ । बुधबार ८६ वटा र बिहीबार १ सय वटा गरी दुई दिवसीय कार्यक्रममा जम्मा १ सय ८६ वटा कुकुरमा बन्ध्याकरण गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाका प्रमुख डा. बज्रकिशोर ठाकुरले जानकारी दिनुभयो ।
बन्ध्याकरण शिविर हेटौंडा उपमहानगरपालिका पशु सेवा शाखाको समन्वय तथा केन्द्रिय रिफरल पशु चिकित्सालय, त्रिपुरेश्वरको प्राविधिक सहयोगमा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र हेटौंडाको आयोजनामा भएको हो । आज शुक्रबार भीमफेदी गाउँपालिकासँग समन्वय गरी १ सय वटा कुकुरलाई बन्ध्याकरण गरिने ठाकुरले जानकारी दिनुभएको छ ।