हेटौंडाः हेटौंडा–२ स्थित परिचय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भएको साधारण सभा संस्थाका अध्यक्ष दीपक तिमल्सिनाको सभाध्यक्ष तथा बामगती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा भएको हो ।
५ सय ५ जना सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी ३ करोड ३६ लाख १ हजार ३ रुपैयाँ छ । यस्तै संस्थाको निक्षेप संकलन ११ करोड ७२ लाख ७० हजार ६ सय रुपैयाँ छ । साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट कर्मचारीको रुपमा दीपा पुडासैनी, असल ऋणितर्फ सीतादेवी श्रेष्ठ र टुल बहादुर श्रेष्ठलाई सम्मान गरिएको छ । यस्तै उत्कृष्ट बचतकर्ताको रुपमा मालती थापा, राम प्रसाद फुयाँल, राजु राई, केदार श्रेष्ठ र सीतादेवी अधिकारीलाई सम्मान गरिएको छ ।
साधारण सभामा हेटौंडा–२ का वडाध्यक्ष विष्णु गोपाल मर्हजन, हेटौंडा उपमहानगरपालिका सहकारी इकाईका प्रमुख हिम प्रसाद पौडेल, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखाका शाखा प्रमुख रामेश्वर अर्याल लगायतको आतिथ्यता रहेको थियो ।