पत्रकारिता भनेको संसारभरका मनिसलाई जानकरी पु¥याउने कार्य हो । पत्रकारिता गर्ने मानिसलाई पत्रकार भनिन्छ । एउटा पत्रकारले जानकारी आदन–प्रदान गर्छ । यो एउटा जिम्मेवारीको काम हो । जस्ले सूचना र जानकारी जनतासम्म पु¥याउँछ त्यसलाई पत्रकार भनिन्छ ।
मैले बुझेको पत्रकारिता गर्न धेरै अध्ययन र मिहिनेत गर्नुपर्छ । साथसथै शालिन/अनुशासित पनि हुनुपर्छ । पत्रकारको भूमिका धेरै ठूलो र माथि हुन्छ । एउटा असल पत्रकार बन्न अध्ययन जरुरी छ । अध्ययनशील र अनुभव बिनाको व्यक्ति पत्रकार हुँदैन । म अहिले मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पत्रकारिता विषय पढ्दै छु । मैले २०७८ सालमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेँ । परीक्षा सकेको एक महिना म घुमे र दुई महिना पत्रकारिताको तलिम लिन समृद्ध समाजमा गएँ । त्यहाँ मैले थुप्रै नयाँ कुराहरु थाहा पाएँ । कसरी पत्रकरिता गर्ने ? कसरी समाचार खोज्ने ? लेख्ने ? कसरी टाईप गर्ने ? कसरी समाचार पढ्ने ? आदि ।
पत्रकरिता मैले सोचेको भन्दा धेरै भिन्न रहेछ । मैले त्यहाँ आधारभूत सिकाइ हासिल गरेँ । मैले त्यहाँ तालिम लिएर पत्रकारिताको बारेमा धेरै कुराहरू सिकेँ र बुझेँ । आहिले म पढ्दै छु र समृद्ध समाज दैनिकमा हासिल गरेको ज्ञानले मलाई धेरै बुझ्न सहयोग गरेको छ । प्रयोगात्मक रुपमा गरिसकेपछि बुझ्न/अध्ययन पनि सजिलो हुँदो रहेछ ।
अब मेरो अपेक्षा भनेको एउटा राम्रो र असल पत्रकार बन्ने हो । मेरो अपेक्षा भनेको राम्रोसँग पढ्ने, लेख्ने एउटा अध्ययनशील र शालिन पत्रकार बन्ने हो । म एक असल पत्रकार बनेर जनताको हक र अधिकारका निम्ति लेख्ने छु । जनतालाई सही र गलत कुरामा जानकारी दिनेछु । आफ्नो कर्तव्यलाई निष्ठापूर्वक निभाउने छु ।