महोत्सवको विषयमा जानकारी गराउँदै ।

हेटौंडाः ओम शक्ति ईभेन्ट एण्ड म्यानेजमेन्ट तथा युनाइटेड नाईन तथा कर्णा नेटवर्कको सहकार्यमा भीमफेदीमा पहिलो पटक महोत्सव आयोजना हुने भएको छ । मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गरी “कृषि, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव–२०७९” को बारेमा जानकारी दिईएको छ ।

आगामी मंसिर २९ गतेदेखि पौष १० गतेसम्म भीमफेदी गाउँपालिका—१ खोप्लाङमा महोत्सव हुने महोत्सवका संयोजक अजित राईले जानकारी दिनुभयो । महोत्सवमा करिब १ सय ५० देखि २ सयवटा स्टलमा विभिन्न खेलकुद, खाना, लुगा कपडा, कृषि प्रर्दशनी लगायतका स्टलहरु रहने आयोजकले जनाएको छ । मेलामा सहभागीले जनही १ सय रुपैयाँको टिकट काट्नु पर्नेछ । त्यस्तै स्थानीय तथा राष्ट्रिय कलाकारहरु कमल खत्री, भेलु बाजे, ज्योति मगर, प्रिति आले मगर, मिलन लामा महोत्सवको आकर्षक रहेको आयोजकले जनाएको छ ।

महोत्सवमा कुल ३० लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । मकवानपुर जिल्लामा रहेको घरेलु साना उधोगहरुको उत्पादन बजारीकरण तथा पर्यटकीय विकासको उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएको छ । पत्रकार सम्मेलन ओम शक्ति ईभेन्ट एण्ड म्यानेजमेन्टका सञ्चालक अजित राईको सभाध्यक्षतामा भएको थियो । कार्यक्रममा भिमफेदी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष सोम बहादुर स्याङ्तान, जिल्ला खेलकुद विकास समिति मकवानपुरका पुर्व अध्यक्ष सानु लामा, युवा समाजसेवी सुनिल लोप्चन लगायतको सहभागिता रहेको थियो ।