हेटौंडाः कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा आज आइतबार पनि ४ खेल हुँदै छ । आइतबार समूह “ई” र समूह “एफ” को समान दुई—दुई खेल गरी ४ खेल हुँदै छ ।
पहिलो खेलमा समूह “ई”मा रहेको जापान र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । उक्त खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर ४५ मिनेटमा अमेद बिन अली रंगशालामा शुरु हुनेछ । यस्तै दोस्रो खेल समूह “एफ”मा रहेको बेलजीएमले मोरोक्कोसँग प्रतिस्पर्धा गर्नेछ । उक्त खेल नेपाली समय अनुसार ६ बजेर ४५ मिनेटमा अल थुम्मा रंगशालामा शुरु हुनेछ ।
त्यस्तै तेस्रो खेलमा समूह “एफ”मा रहेको क्रोशियाले क्यानाडासँग सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार ९ बजेर ४५ मिनेटमा खालिफा ईन्टरनेशनल रंगशालमा शुरु हुनेछ । त्यस्तै आजको अन्तिम अर्थात चौथो खेलमा स्पेनले जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ । सो खेल नेपाली समय अनुसार राती १२ बजेर ४५ मिनेटमा अल बएट रंगशालामा शुरु हुनेछ ।