हेटौंडाः एसियाली मुलुक कतारमा २२ औं संस्करणको विश्वकप फुटबल उद्घाटन भएको एकदिनपछि आज सोमबार हेटौंडा–११ स्थित शहीद स्मारकमा वर्ल्डकप पार्कको उद्घाटन हुँदैछ । फुटबलप्रति रुचि राख्नेहरुले फुटबल पार्क निर्माण गरेका हुन् ।

पार्कमा चर्चित खेलाडी रोनाल्डो, मेसी, नेयमारको पोस्टर राखिएको छ । सुन्दर वर्ल्डकप ट्रफी समेत राखेर विश्वकपको उत्साहलाई अझ बढाउने प्रयास भएको छ ।

पार्क निर्माणमा सक्रिय किसन बास्तोला विश्वकपका आयोजक र चर्चित खेलाडीलाई नेपालप्रति आकर्षित गर्न समेत यस्तो प्रयास गरिएको बताउनुहुन्छ । सोमबार ११ बजेर ११ मिनेटमा पार्कको उद्घाटन गरिनेछ ।

तस्वीरः आदर्श पराजुलीको फेसबुकबाट ।