राप्रपाको सभालाई सम्बोधन गर्दै नायिका मानिषा कोइराला ।

हेटौैंडाः नायिका मानिषा कोइरालाले राष्ट्रिय प्रजातन्त्र पार्टीले जनताको पक्षमा काम गर्छ भन्नेमा आफु पुर्ण विश्वस्त रहेको बताउनुभएको छ । सोमबार हेटौंडा–१३ स्थित राप्रपाले आयोजना गरेको आमसभालाई सम्बोधन गर्नुहुँदै उहाँले राप्रपाले देशलाई भ्रष्टाचारमुक्त बनाउने विश्वास व्यक्त गर्नुभयो ।

देश अहिले अप्ठारो ठाउँमा रहेको बताउनुहुँदै कोइरालाले राष्ट्र मेलमिलापको नीति, राजसंस्था र मल्टीपार्टी डेमोक्रेसी सिस्टम एकै ठाउँमा उभिनुपर्ने बताउनुभयो । राप्रपाका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देनको भाषणबाट आफु प्रभावित भएको जानकारी गराउनु भयो । कार्यक्रममा उहाँले आफ्नो अमुल्य मत खेर नफाल्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।