प्रारम्भिक टिम छनोटपछि तस्वीर खिचाउँदै ।

हेटौंडाः मकवानपुर क्रिकेट संघले जिल्लाको यु–१९ प्रारम्भिक टिम छनोट गरेको छ । संघले शनिबार १८ सदस्यीय प्रारम्भिक टिम छनोट गरेको हो । बन्द प्रशिक्षणमा रहेका १८ जना मध्ये सिनियर टिममा समेत खेलिसकेका ४ जना छन् भने यसअघि यु–१९ जिल्लास्तरीय टिममा परेका ५ जना खेलाडी छन् ।

१८ सदस्यीय टिममा सक्षम बास्ताकोटी, गोकुल अधिकारी, सुमित कँडेल, आस्तिक दाहाल, दिपन बानियाँ, आशिष पोखरेल, प्रमोद पौडेल, गौरब श्रेष्ठ, रजा अहमद, कृष्ण यादव, सन्तोष दास, सिद्धान्त पुरी, आयुष यादव, प्रन्जल उपाध्याय, सुरज यादव, सुजन न्यौपाने, दैबज्ञ राज बर्तौला र अजल मानन्धर चयन भएका छन् ।

प्रारम्भिक टोलीलाई आज आइतबारदेखि बन्द प्रशिक्षणमा सहभागी गराइने मकवानपुर जिल्ला क्रिकेट संघका कार्यवाहक सचिव विनोद कुमार बानियाँले जानकारी दिनुभएको छ । बन्द प्रशिक्षण हेटौंडा–४, हुप्रचौरमा हुनेछ । कात्तिक २३ गते १४ सदस्यीय जिल्ला टिम छनोट हुने सचिव बानियाँले जानकारी दिनुभयो । जिल्लास्तरीय टिमले प्रदेशस्तरीय प्रतियोगिता खेल्नेछ । कात्तिक २७ गतेबाट काठमाडौंमा बागमती प्रदेशस्तरीय प्रतियोगिता हुने कार्यवाहक सचिव बानियाँले जानकारी दिनुभएको छ । प्रदेशस्तरीय प्रतियोगितापछि राष्ट्रिय प्रतियोगिता मंसिर ६ गतेबाट हुनेछ ।