हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित त्रिखण्डी मन्दिरमा शुक्रबार हरिबोधनी ठूलो एकादशीका दिन हजारौं भक्तजन र व्रतालुको घुईंचो लागेको छ ।
मेलामा जिल्लाभित्रकै श्रद्धालुको उपस्थिति उल्लेख्य रहेको थियो । मेलाको तयारीस्वरुप मन्दिर रंगरोगन र सरसफाई गर्नुका साथै खोला पारीको मन्दिरमा जानका लागि पुल निर्माण गरिएको थियो । मेलाको सुरक्षाका लागि म्यादी प्रहरी समेत परिचालन गरिएको थियो ।