हेटौंडाः बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले एमाले सरकारले अनेकौं विकासका कामहरु सुरु गरेकोले पूरा गर्न पनि एमालेकै सरकार आवश्यक रहेको उहाँले बताउनुभएको छ । बुधबार हेटौंडा–९ एमालेको प्रचार कार्यालय उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँँले देश विकासको लागि एमालेले जित्नु पर्ने बताउनुभयो ।
आफू मुख्यमन्त्री हुँदा गृह जिल्लामा बढीभन्दा बढी विकास गरेको बताउनुहुँदै पौडेलले जनताले अब सहि मान्छे चिन्ने बेला आएको बताउनुभयो । पौडेलले सामान्यभन्दा सामान्य उपचार गर्न नसक्ने हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा रुपान्तरण भएर स्वास्थ्य उपचारको क्षेत्रमा फड्को मार्दै गएको बताउनुभयो । हेटौंडामा बिसौं वर्षदेखि अलपत्र रहेको गौरीटार रंगशालाको काम पनि आफू मुख्यमन्त्री हुँदा सुरु गरेको उहाँले जानकारी गराउनुभयो । हेटौंडा बहुप्राविधिक महाविद्यालयको काम २० वर्षदेखि काम नभइरहेको अवस्थामा सो काम पनि एमालेकै बलमा अगाडि बढेको उहाँले स्मरण गर्नुभयो । जनताले जिताएर पठाएका व्यक्तिहरुले गठबन्धनको नाममा विनाशको बाटोमा तर्फ लागेको उहाँको आरोप छ ।
