Home मुख्य समाचार अपवित्र गठबन्धनलाई जनताले पराजित गर्नुपर्छ : कमल थापा

अपवित्र गठबन्धनलाई जनताले पराजित गर्नुपर्छ : कमल थापा

कार्यक्रममा बोल्दै राप्रपा नेपालका अध्यक्ष कमल थापा ।

हेटौंडाः आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेबाट मकवानपुर क्षेत्र नम्बर १ का उम्मेद्वार कमल थापाले अपवित्र गठबन्धनलाई जनताले पराजित गर्नुपर्ने बताउनुुभएको छ । बुधबार नेकपा एमालेको हेटौंडा ९ मा आयोजित विस्तारित बैठकलाई सम्बोधन गर्नुहुँदैै उहाँले यस्तो बताउनुभएको हो ।

नेता थापाले विगतका चुनावभन्दा आगामी चुनाव महत्वपुर्ण र अर्थपुर्ण रहेको बताउनुभएको छ । राष्ट्रघाती विरुद्ध राष्ट्रवादीको चुनाव भएकोले धेरै ठूलो दुरगामी महत्व मङ्सिर ४ को चुनाव भएको उहाँको भनाई थियो । उहाँले बिगतमा केपी ओलीको नेतृत्वमा सरकार गिराउन देशीविदेशी शक्ति लागेको स्मरण गर्नुभयो । भारतीय नाकाबन्दी र लिम्पियाधुरा र कालापानी समेटिएको चुच्चे नक्सा बनाउने, नाकाबन्दीको सामना गर्ने र सदैव राष्ट्रियताको पक्षमा लागेकोले एमालेको शक्ति क्षीण गराउन गठबन्धन बाहिरी शक्तिको कठपुतली बनेको आरोप लगाउनुहुँदै उहाँले यिनीहरुबाट केहि पनि आशा गर्न नसकिने आरोप लगाउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका संस्थापक मुख्यमन्त्री डोरमणि पौडेल, राप्रपा नेपालका अध्यक्ष तथा मकवानपुर–१ का एमाले उम्मेदवार कमल थापा, एमाले बागमती प्रदेश कमिटीका सदस्य रघुनाथ खुलाल, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश कमिटीका सदस्य अर्जुन अर्याल, रामचन्द्र अर्याल, निर्वाचन परिचालन समिति वडा नम्बर–९ का संयोजक नरेन्द्र भण्डारी लगायतको आतिथ्यता रहेको थियो ।

Exit mobile version