Home मुख्य समाचार १३२ जनामा डेंगु संक्रमण पुष्टि

१३२ जनामा डेंगु संक्रमण पुष्टि

गुगल तस्बिर ।

हेटौंडाः मकवानपुरमा आइतबार १ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार जिल्लामा १ सय ३२ जनामा डेंगु संक्रमण पुष्टि भएको हो ।

डेंगु संक्रमण पुष्टि हुनेमा १ सय २० जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै बागमती गाउँपालिकाको १ जनामा, मनहरी गाउँपालिकाको २ जनामा, ईन्द्रसरोवर गाउँपालिकाका १ जनामा, बकैया गाउँपालिकाका ३ जनामा र ५ जनाको ठाउँ नखुलेकोमा डेंगु संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या ४ हजार २ सय ६३ जना पुगेको छ ।

Exit mobile version