Home मुख्य समाचार हेटौंडा अस्पतालबाट ४० जनाले डायलासिस सेवा लिँदै

हेटौंडा अस्पतालबाट ४० जनाले डायलासिस सेवा लिँदै

हेटौंडाः हेटौंडा अस्पतालबाट ४० जना मृगौला रोगीले डायलासिस सेवा लिइरहेका छन् । २९ जना पुरुष र ११ जना महिला गरी ४० जनाले डायलाइसिस सेवा लिइरहेको हेटौंडा अस्पतालका डायलासिस नर्सिङ अधिकृत सिमा कँडेलले जानकारी दिनुभयो ।

हेटौंडा अस्पतालमा १० वटा डायलाइसिस मेशिन मध्ये ९ वटा मेशिनबाट मात्र डायलासिस सेवा प्रदान गर्न सञ्चालन गरिएको उहाँले बताउनुभयो । एउटा डायलाइसिस मेशिन बिग्रेको र ९ वटा मेशिन मात्र डायलासिस सेवा प्रदान गर्न सञ्चालन गरिएको उहाँले बताउनुभयो । एकजना बिरामीलाई हप्ताको २ पटक डायलासिस गराइन्छ । एकजना बिरामीलाई ३/४ घण्टा डायलासिस गराइन्छ । हेटौंडा अस्पतालमा मकवानपुरभित्रकै भएपनि टाढाटाढाका बिरामी डायलासिस सेवा लिन आउने गरेका छन् । विकट गाउँपालिकादेखि बिरामी डायलासिस सेवा लिनका लागि आउने गरेका छन् ।

Exit mobile version