हेटौंडाः शनिबार भएको खुला निबन्ध प्रतियोगितामा चिरञ्जीवी लामिछाने प्रथम हुनुभएको छ । एक सय पूर्णाङ्कमा ७८ अंक प्राप्त गर्दै लामिछाने प्रथम हुन सफल हुनुभएको हो । यस्तै ७६ अंक प्राप्त गर्दै प्रतिमा पौडेल द्वितीय, ७४ अंक प्राप्त गर्दै गरिमा थापा तृतीय र ७३ अंक प्राप्त गर्दै गौरी कँडेल सान्त्वना हुनुभएको छ ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ, २ हजार रुपैयाँ र एक हजार रुपैयाँसहित पुरस्कृत गरिएको छ । प्रतियोगितामा १४ जनाको सहभागिता रहेको थियो । निमेष निखिल, सुवास खनाल र भवानी तिमल्सिनाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।
साहित्य संगम मकवानपुरको आयोजनामा विश्व मुटु दिवसको अवसरमा ३२३ औं साहित्य सन्ध्या, विजया दशमीको शुभकामना आदानप्रदान एवम् खुला निबन्ध प्रतियोगिता भएको हो । संगमकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा नेपाल हृदय रोग निवारण प्रतिष्ठानका केन्द्रिय सदस्य भगिरथ शर्मा खरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । नेपाल हृदय रोग निवारण प्रतिष्ठान मकवानपुर शाखाले कार्यक्रममा प्रायोजन गरेको थियो ।