हेटौंडाः मकवानपुरमा पहिलो पटक खुला पेनाल्टी सुट–आउट प्रतियोगिता हुने भएको छ । नेकपा एकिकृत समाजवादी निकट नेपाल खेलकुद महासंघ मकवानपुरको आयोजनामा प्रतियोगिता हुने भएको हो ।
दशैको अवसरमा आगामी असोज १० गतेदेखि हुने प्रतियोगितामा जिल्ला र जिल्ला बाहिरका गरी २५ टिमको सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ३३ हजार ३ सय ३३ रुपैयाँ र द्वितीय हुने टिमले नगद २२ हजार २ सय २२ रुपैयाँ प्राप्त गर्ने जनाइएको छ । प्रतियोगिता सञ्चालन गर्न १ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।