खाद्यान्न सामग्री हस्तान्तरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौंडाः हेटौंडा–४, कर्रास्थित आनन्दमार्ग बालआश्रममलाई मकवानपुर अधिकृत बिक्रेता व्यवसायी संघले खाद्यान्न सहयोग गरेको छ । शनिबार संघका पदाधिकारी आश्रममै पुगेर २५ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको हो ।

चामल, दाल, आलु, नुन, चिउरा, मस्यौरा लगायतका खाद्यान्न सामग्री सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा मकवानपुर अधिकृत बिक्रेता संघका उपाध्यक्ष अमित श्रेष्ठ, महासचिव राजेन्द्र लामिछाने, सचिव अंकित खतिवडा, सदस्य दिपेशमणि भण्डारी र पुजा अग्रवालको उपस्थिति रहेको थियो । बालआश्रममा खाद्यान्न अभाव भएको भन्ने जानकारीपछि खाद्यान्न सहयोग गरिएको सचिव राजेन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।