Home अर्थ/व्यापार उद्योग वाणिज्य संघद्वारा खाद्य वस्तुको मूल्यसूचि दोस्रो पटक सार्वजनिक

उद्योग वाणिज्य संघद्वारा खाद्य वस्तुको मूल्यसूचि दोस्रो पटक सार्वजनिक

हेटौंडाः मकवानपुर उद्योग वाणिज्य संघले खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा दैनिक उपभोग्य वस्तुको मूल्यसूचि दोस्रो पटक आज सार्वजनिक गरेको छ । लक डाउनका कारण उपभोग्य वस्तुमा व्यवसायीले मूल्यवृद्धि गर्ने आशंका सर्वसाधारणले गरिरहँदा मकवानपुर उद्योग वाणिज्य संघले सम्बन्धित व्यवसायीसँग समन्वय गरी थोक र उपभोक्ता मूल्य अर्थात खुद्रा मूल्य सूचि सार्वजनिक गरेको हो । यसअघि मकवानपुर उद्योग वाणिज्य संघले चैत २२ गते पनि पहिलो पटक खाद्यान्नको मूल्य सार्वजनिक गरेको थियो । आज सार्वजनिक गरिएको मूल्य र चैत २२ गते सार्वजनिक गरिएको मूल्यमा भने कुनै फरक छैन । खाद्यान्न व्यवसायी संघसँगको समन्वयमा ३२ किसिमका उपभोग्य वस्तुको थोक र उपभोक्ता मूल्य सार्वजनिक गरेको छ ।

Exit mobile version