अतितको निरर्थक अंशलाई
दिँदैछ सार्थकता
बाल्यकालका अनेकौँ
किस्सा मध्ये
मेरा बाबाका
भूतकालका बढो
रमणीय अंश
साथ नछोड्ने
बाबाको रेडियो
जसमा छ
अलौकिक सुवास
तीबाट बज्ने मीठा
डोटेली भाकासककंगै
बाबाले महशुस गर्ने
आफ्नोपन !
पाँच दिनसम्म
प्वाँखमा चोप्दै मसी
आमाका लागि
लेखेका प्रस्तावहरु
सुनाउँदा किस्सा
जब–जब देख्छु
लर्सो हाँसो
सम्झन्छु अहिले
प्रविधिले जोडिएका
कडीहरु, परिवर्तनहरू
जहाँ मिठा धुनहरु बज्थे
नेपालको सम्झना र
कुवेतको बसाई
हाम्रो बाको बाध्यता..
ऊ बेला
पर्नासाथ
हुलाकी दाइको पाइला
हाम्रो आँगनमा
कहिले चैनको सास
फेर्थिन् त
कहिले
हत्तासिन्थिन् रे आमा,
बुबाको कुशल खबर सुन्दा
आमाले मनाउने
हर्षोल्लासको कहानी
बुबा आमाले
प्रविधिलाई सर्वोपरि नठानी
एकअर्काको जीवनमा
छरेका हर्षका रङ
लोभलाग्दो..वसन्तका फूलले
बोकेको मादकता जस्तो