Home कला बाबाको पुरानो रेडियो

बाबाको पुरानो रेडियो

इलिशा पराजुली कक्षा १२, हेटौंडा स्कूल अफ म्यानेजमेन्ट

अतितको निरर्थक अंशलाई
दिँदैछ सार्थकता
बाल्यकालका अनेकौँ
किस्सा मध्ये
मेरा बाबाका
भूतकालका बढो
रमणीय अंश
साथ नछोड्ने
बाबाको रेडियो

जसमा छ
अलौकिक सुवास
तीबाट बज्ने मीठा
डोटेली भाकासककंगै
बाबाले महशुस गर्ने
आफ्नोपन !

पाँच दिनसम्म
प्वाँखमा चोप्दै मसी
आमाका लागि
लेखेका प्रस्तावहरु
सुनाउँदा किस्सा
जब–जब देख्छु
लर्सो हाँसो
सम्झन्छु अहिले
प्रविधिले जोडिएका
कडीहरु, परिवर्तनहरू
जहाँ मिठा धुनहरु बज्थे

नेपालको सम्झना र
कुवेतको बसाई
हाम्रो बाको बाध्यता..
ऊ बेला
पर्नासाथ
हुलाकी दाइको पाइला
हाम्रो आँगनमा
कहिले चैनको सास
फेर्थिन् त
कहिले
हत्तासिन्थिन् रे आमा,
बुबाको कुशल खबर सुन्दा
आमाले मनाउने
हर्षोल्लासको कहानी
बुबा आमाले
प्रविधिलाई सर्वोपरि नठानी
एकअर्काको जीवनमा
छरेका हर्षका रङ
लोभलाग्दो..वसन्तका फूलले
बोकेको मादकता जस्तो

Exit mobile version