तनहुँ उनको जन्म थाले रम्घा गाउँमा नै
नेपालकै पहिला कवि भानुभक्त नाउमा नै
प्रारम्भिक शिक्षा लिए उनले हजुरबाबाट
लेखिरहन्थे कविता उनी दुःखी रहँदा नि हात
बाँकी पढाइ पूरा हुने उनले कासीमा
सम्पन्न थिए विताएनन् जीवन दासीमा
प्रेरणा नि लिए उनले एउटा घाँसीबाट
प्रेरित भई बाँचा गरे गर्ने भलो दिनरात
विविध छन् कविता उनको विविध छन् लेख
उनले कविता वाचन गरे गर्जिदिन्छ मेघ
पढ्नलाई नि गारो सबैलाई भाषा रामायण
नेपालीमा उल्था गर्न लागि परे फालेनन् एक क्षण
गरे एकीकरण उनले ती छरेका विविध भाषालाई
पूरा गरे भानुभक्तले दिएको ती वाचालाई
अस्ताई गए पनि उनी छन् सबको मनमा
छन जीवित कविता सबैको तन मस्तिष्कमा
रामायण लगायत छन् विभिन्न कृति उनको
उनको कविता सस्तो छैन महङ्गो सुन हो
नेपालीहरु पढ्नलाई रामायणलाई रुचाए
नेपालीहरुमा उनको कविताले गरे राम्रो सिचाई
मनाइन्छ सारा नेपालै भरी जन्म आदिकवि भानुको
उनले दिको योगदान भन्दा हाम्रो माया सानो हो
भक्तमाला, बधूशिक्षा र प्रश्नोत्तर कविता उनको
यस्ता मिठा कविता रचनाहरु छन् अरु कुनको
अरु कवि लेख्न कविता नेपालीमा जान्थे तर्केर
लोप हुन्थ्यो भाषा नेपाली हाम्रै नबोली मर्केर
तर आए भानु समाधान गरे ती समस्याहरु आँट गरेर
नेपालीमा उल्था गरे संस्कृतलाई देशका लागि मरेर
(हेटौंडा उपमहानगरपालिकाद्वारा आयोजित नवोदय शिशु सदनमा असार २९ गते २०९ औँ भानु जयन्तीको अवसरमा भएको स्थलगत कविता प्रतियोगितामा सहभागी )