हेटौंडाः हेटौंडा–११, नवलपुरको त्रिभुवन माध्यामिक विद्यालयले प्राविधिक शिक्षा तर्फ डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजि कार्यक्रम सञ्चालनका लागि स्वीकृती पाएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले विद्यालयलाई कार्यक्रम सञ्चालनका लागि स्वीकृती दिएको हो ।
विद्यालयले पेश गरेको आवेदन माथि सम्बोधन गर्दै डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी कार्यक्रम सञ्चालनका लागि स्वीकृती दिएको हो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्को साउन १२ गतेको १९० औं बैठकको निर्णय नम्बर १ हजार १ सय ४ ख अनुसार सञ्चालनका लागि स्वीकृति दिइएको परिषद्ले जनाएको छ । विद्यालयलाई ४० वटा कोटामा तोकिएको मापदण्ड तथा गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्न १६ बुँदे शर्तहरु पालना गर्ने गरी स्वीकृति प्रदान गरिएको जनाईएको छ ।