दिव्यसेवा निकेतनमा सहयोग रकम हस्तान्तरण गरिँदै ।

हेटौँडाः हेटौँडा इन्फिल्डर्स मकवानपुरले १२औं वार्षिकोत्सवको अवसरमा हेटौँडा–१५, रातामाटेस्थित दिव्यसेवा निकेतनलाई सहयोग गरेको छ ।

दिव्यसेवा निकेतनमा आश्रित ज्येष्ठ नागरिकको सेवामा सहयोग पुगोस् भन्ने उद्देश्यले सोमबार १० हजार रुपैयाँ सहयोग गरिएको छ ।

यस्तै बोन म्यारो क्यान्सर पीडित हेटौँडा–१५, गौरिटारका हेमन्त नेगीको उपचारका लागि ४१ हजार पाँच सय रुपैयाँ सहयोग गरेको छ ।

इन्फिल्डर्स क्लबका पदाधिकारीहरु दिव्यसेवा निकेतन र नेगीको घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् ।