हेटौंडाः मकवानपुरमा मंगलबारदेखि बुधबारसम्म पछिल्लो २४ घण्टाको अवधिमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २४ घण्टाको अवधिमा २२ जनाको पिसीआर विधीबाट र २ जनाको एन्टीजेन विधीबाट परीक्षण गर्दा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
अहिले मकवानपुर जिल्लामा हाल सक्रिय संक्रमित १७ जना रहेको छन् । जसमध्ये १६ जना होम आईसोलेसनमा र १ जना संस्थागत आईसोलेसनमा रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । जिल्लामा हालसम्म कोभिड १९ को पूर्ण मात्रा खोप ३ लाख २४ हजार ४ सय ८६ जनाले लगाएका छन् ।