हेटौंडाः मकवानपुरगढी गाउँपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । पर्सा जिल्लाको जगन्नाथ नगरपालिका–४ स्थायी घर भएका २८ वर्षीय नन्दुराम हजाराको शनिबार साँझ करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मकवानपुरगढी–३ मा राम प्रसाद ढकालको घरमा छत ढलान गर्ने क्रममा भाइब्रेसन मेसिनबाट करेन्ट सर्ट भएर हजारा घाइते भएका थिए । घाइते हजारालाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । उपचारको क्रममा साँझ ७ बजेर ३० मिनेटको समयमा डाक्टरले हजारालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।