खाद्य सामग्री सहयोग ।

हेटौंडाः ग्रामीण विकास लगुवित्त वित्तय संस्था लि.हेटौंडाले सामाजिक उत्तरदायित्व अन्तर्गत मामाघर नेपाल मकवानपुरलाई खाद्यान्न सहयोग गरेको छ । हेटौंडा वडा नम्बर ११ की वडा अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा आज आईतबार खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

संस्थाको बागमती प्रदेश कार्यालयका प्रमुख उद्धवराज उपाध्यायसहित संस्थाका सदस्यहरुको उपस्थितिमा मामाघर नेपाल मकवानपुरलाई खाध्यान्न सहयोग गरिएको हो । मामाघर नेपालमा चामल १५०० किलोग्राम, दाल २० किलोग्राम, तेल १ कार्टुन, अण्डा ३ क्रेट, चीउरा ५ किलोग्राम, बेसार १ किलोग्राम, मसला १ किलोग्राम, दालमोठ २ पाकेट, बिस्कुट ४ पाकेट, हर्लिक्स ५ वटा, नुन ४ पाकेट, ब्रस २० थान, मन्जन १५ थान, लुगाधुनी साबुन १ कार्टुन, नुहाउने साबुन १ कार्टुन, हार्पिक ५ थान, फिनायल ५ थान, ट्वाइलेट ब्रस ३ थान, क्लिनर २ थान, झाडु ४ थान गरी ३० हजार रुपैयाँ बराबरको सहयोग गरिएको छ । एकता, समानता, सहकारिता, मिलनसारिता र महिला सशक्तीकरणलाई जोड दिई क्रियाशिल वित्तिय संस्थाको सहयोगले निकै राहत मिलेको मामाघर नेपाल मकवानपुरले जनाएको छ ।