हेटौंडाः आज (आइतबार) दिउँसो १ बजेका लागि आव्हान गरिएको हेटौंडा उपमहानगरपालिकाको सभा सरेको छ । आज १ बजे बोलाईएको नगर सभामा बहुमत सदस्य उपस्थिति नभएपछि साढे ३ बजेको लागि सभा सारिएको हो ।
नगर सभाका बहुमत सदस्यले उपस्थिति नजनाएका कारण शुक्रबारका लागि आव्हान गरिएको नगर सभा स्थगित भएर आजका लागि आव्हान गरिएको थियो । नेकपा एमालेबाट उम्मेदवार भएर नगर सभा सदस्यमा निर्वाचितहरुको समूहले स्थानीय सरकार सञ्चालनसम्बन्धी कार्यविधि र नियमावलीमा संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने, आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम र बजेट विषयगत समितिमार्फत् निर्माण गरिनुपर्ने माग राखेका छन् ।
