हेटौंडाः बागमती प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । आज दिउँसो २ बजे प्रदेश सभा बैठक बस्ने भएको छ । आजको बैठकमा प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत भएको बजेटमाथि छलफल हुनेछ ।
आजको बैठकमा विनियोजन विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव पेश हुने र बजेट माथि मन्त्रालयगत छलफल हुने बागमती प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । प्रदेश सरकारले आगामी आवका लागि कूल ७० अर्ब ९३ करोड रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।
